सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधानसेनापति शर्मा
९ चैत, पोखरा । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सेनाका बारेमा गरिने अनर्गल प्रचारमा नलाग्न आग्रह गरेका छन् । समय–समयमा कसैको इशारामा बाहिरी व्यक्तिबाट नेपाली सेनाको आकार र संख्याबारेमा टिप्पणी हुने गरेको उनले बताएका छन् ।
आज पोखरामा भूतपूर्व सेनाको सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले सेनाको भने, ‘संख्या यति हुनुपर्छ, उति हुनुपर्छ र यस्तो साइज हुनुपर्छ, राइट साइजिङ हुनुपर्छ र अन्य नचाहिँदो नचाहिँदो किसिमका कुराहरू पनि हुने गरेको छ । यसलाई प्रकाशित गर्ने गरेको पनि पाइएको छ, स्वघोषित विज्ञका यो कुरा हाँस्यास्पद हो ।
सेनाको संख्या निर्धारण गर्ने काम नेपाल सरकारको भएको उनले बताएका छन् । ‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ न कि कुनै आइएनजीओ र एनजीओमा बसेर आफै स्वघोषित डाक्टर, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले गर्ने होइन, उनले भने ।
‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको संविधान प्रद्दत्त जिम्मेवारी हो, त्यसका साथै विकास निर्माण, पर्यावरण संरक्षण तथा बिशुद्ध शान्ति स्थापना र व्यवस्थापनलगायत नेपाली जनतालाई आवश्यक परेका अन्य कुराहरूमा सहयोग गर्ने जिम्मेवारीहरू साथसाथै नेपाल सरकारबाट तोकिएका विभिन्न कार्यहरू गर्नु नै हामीले आफ्नो जिम्मेवारी हो भन्ने गरेका छौं, उनले भने, ‘यिनै जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिबद्ध छ ।
नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरूका बारेमा बेला मौकामा दूष्प्रचार गर्ने नियतले अनर्गह गाली हुने गरेको उनको भनाइ छ । ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट हुने त्यस प्रकारका झुठा प्रचारबाजीहरूबाट तपाईंहरू टाढा रहनुपर्छ,’ भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा वेबसाइटहरु, सम्बन्धित विभागहरूबाट गरिएका परिपत्र, नेपाल सरकारका आदेश र निर्देशनहरूबाट नै प्रष्ट रुपमा कुरा बुझ्न सकिन्छ, अनर्गल प्रचारको पछि नलाग्नु होला ।
भूतपूर्व सैनिक सम्मेलनमा गण्डकीका विभिन्न जिल्लाबाट नेपाल सेनाका अवकास प्राप्त सैनिक सहभागी भएका थिए । त्यस अवसरमा ज्येष्ठ नागरिक पूर्वसैनिक,परिवार, सबै सन्तान नेपाली सेनामा भर्ती गराएका अभिभावकलगायतलाई प्रधान सेनापति शर्माले सम्मान गरेका थिए । विभिन्न सांस्कृतिक र सैनिक झाँकीहरू प्रदर्शन गरिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply