प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
१३ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच समसामयिक विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसदमा महत्वपूर्ण विधेयकहरू पेस भएको सन्दर्भमा छलफल गर्न घिमिरे बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ । त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल हुनेछ ।
प्रतिनिधि सभा नियमावलीमा सभामुखको तजबिजको अधिकार कटौती गर्ने सत्तापक्ष सांसदहरूले मनसाय व्यक्त गरेपछि सभामुख घिमिरेले संवाद तीव्र बनाएका छन् । आइतबार उनले प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदामा संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग संवाद गरेका थिए । सभामुखले दलका प्रमुख सचेतकहरूसँग पनि यसबारेमा छलफल गर्ने बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply