एमाले सिध्याउँछौं भन्नेलाई जनताले भित्तामा पुर्याए : वरिष्ठ उपाध्यक्ष पोखरेल
१५ चैत, रौतहट । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेलाई सिध्याउँछौं भनेर लागेकालाई जनताले भित्तामा पुर्याइ दिएको दाबी गरेका छन् । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै पोखरेलले एमालेलाई सिध्याउँछौं भन्नेहरूलाई निर्वाचनमार्फत जनताले भित्तामा पुर्याइ दिएको बताएका हुन् ।
पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत रौतहटमा जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको माया र स्नेहले नै नेकपा (एमाले) समानुपातिक मतमा पहिलो भएको बताएका छन् ।
पोखरेलले अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी पार्टीले योजनाबद्ध ढङ्गले काम गरिरहेको बताए। मिसन ग्रासरुटको मुख्य उद्देश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरूका समस्याको समाधान र पार्टीलाई जगैदेखि नै बलियो बनाउनु रहेको उनको भनाई छ ।
कार्यक्रममा पार्टीका सचिव रघुवीर महासेठले एमाले सालको रुखजस्तो बलियो रहेको बताउँदै मिसन ग्रासरुटमार्फत झन् बलियो बन्ने धारणा व्यक्त गरे । जनताको पार्टी भनेकै एमाले रहेको चर्चा गर्दै उनले एमालेको नीति, विचार, सिद्धान्त र जनजीविकासँगको निकटताका कारण मधेशमा एमाले पहिलो बन्न सफल भएको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply