एमाले सिध्याउन माओवादी र एकीकृत समाजवादी कांग्रेसको पछि लागेको छ : ओली
१५ चैत,बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु खराब तर कार्यकर्ताहरु असल रहेको बताएका छन् ।
एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत तिलोत्तमामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दुबै पार्टीका कार्यकर्ताहरुलाई पार्टीमा भित्र्यााउनु पर्ने बताए । माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरु कम्युनिष्टका नाममा कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेको आरोप लगाउँदै ओलीले भने, तर कार्यकर्ताहरु असल छन्, उनीहरुलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विना भेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनु पर्छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर दलहरुलाई सिध्याउन लागि परेको तर ज्ञानेन्द्रले ‘कु’ गरेपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको टिप्पणी गरे । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाउन र पार्टी विभाजनमा लागेको बताए ।
मिसन ग्रास रुटको मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पुर्याइ एकल वहुमत ल्याउने रहेको बताए । अब आउने चुनावमा वडादेखि संघसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत अर्थात बहुमत आउने गरी एकतावद्ध भएर लाग्नुपर्छ, ओलीले भने, अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य हुँदैनन् । १० दलको गठबन्धन सलह भन्दा बढि हानिकारक भएको आरोप लगाउँदै ओलीले यो सरकार रहेसम्म अर्थतन्त्र सही ट्रयाकमा नआउने दावी गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply