एमाले सिध्याउन माओवादी र एकीकृत समाजवादी कांग्रेसको पछि लागेको छ : ओली

१५ चैत,बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु खराब तर कार्यकर्ताहरु असल रहेको बताएका छन् ।
एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत तिलोत्तमामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दुबै पार्टीका कार्यकर्ताहरुलाई पार्टीमा भित्र्यााउनु पर्ने बताए । माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरु कम्युनिष्टका नाममा कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेको आरोप लगाउँदै ओलीले भने, तर कार्यकर्ताहरु असल छन्, उनीहरुलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विना भेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनु पर्छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर दलहरुलाई सिध्याउन लागि परेको तर ज्ञानेन्द्रले ‘कु’ गरेपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको टिप्पणी गरे । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाउन र पार्टी विभाजनमा लागेको बताए ।
मिसन ग्रास रुटको मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पुर्याइ एकल वहुमत ल्याउने रहेको बताए । अब आउने चुनावमा वडादेखि संघसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत अर्थात बहुमत आउने गरी एकतावद्ध भएर लाग्नुपर्छ, ओलीले भने, अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य हुँदैनन् । १० दलको गठबन्धन सलह भन्दा बढि हानिकारक भएको आरोप लगाउँदै ओलीले यो सरकार रहेसम्म अर्थतन्त्र सही ट्रयाकमा नआउने दावी गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply