मन्त्रिमण्डल आजै विस्तार गरेर शपथ गराउने लक्ष्य छ : प्रधानमन्त्री
१६ चैत, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिमण्डल विस्तार गर्ने लक्ष्य रहेको बताएका छन् । मन्त्रिपरिषद विस्तार गरेर आजै शपथ ग्रहण गराउन लागेको उनले बताए । चितवनको भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजधानी फर्किएपछि मन्त्रिमण्डल विस्तार गरेर शपथ गराउने बताए ।
यहाँबाट फर्केर आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ’ उनले भने, तर, काम हाम्रो सकिएको छ, एक–दुई वटा मन्त्रालयको मात्रै मिलाउन मात्रै बाँकी हो । आज सकिएन भने भोलि बिहान होला ।
प्रधानमन्त्री प्रचण्डले मुलुकको राजनीतिक स्थायित्वका लागि सबैलाई मिलाएर लैजान आफूले पुरै तागत लगाएको बताएका छन् । आफूले राजनीतिक निकासका लागि संकल्पको जिम्मेवारी बोकेर प्रधानमन्त्री बनेको बताए । ‘नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिने नयाँ संकल्पसहित यो पटक म प्रधानमनत्रीको जिम्मेवारीमा छु, उनले थपे, मलाई विश्वास छ, अब राजनीतिक स्थायित्वले पनि नयाँ आधार प्राप्त गर्ने छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply