भीम रावलले आत्मालोचना नगरे पार्टी अब चुप बस्दैन : पौडेल
१७ चैत, धनगढी । भीम रावलले पार्टी अनुशासन उल्लंघन गरेकाले आत्मालोचना नगरे उनलाई कारवाही गरिने एमाले उपाध्यक्ष विष्णु पौडेलले चेतावनी दिएका छन् । धनगढीमा आज (शुक्रबार) प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टीको निर्णय पनि नमान्ने र पार्टीको विरोधमा गतिविधि गरिराखे रावलविरुद्ध पार्टी चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
रावलले पार्टी निर्णय र अनुशासन उल्लंघनलाई निरन्तरता दिए तमासा हेरेर बस्न नसकिने उनको भनाई छ । ‘भीम रावलजीले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नु भएको छैन । पार्टी अनुशासन उल्लंघन गर्नु भएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि उहाँबाट भइरहेका छन् । उहाँले एकपछी अर्को गल्ती गर्दै हुनुहुन्छ, उपाध्यक्ष पौडेलले भने, पार्टीको सोच गल्ती स्वीकार गरेर आत्मालोचना गर्नोस्, पार्टीको नीति, विधि र महाधिवेशनबाट आएको नेतृत्वलाई मानेर जानोस्, पार्टीको निर्णय मानेर जानोस्, एउटा अनुशासित सदस्य भएर जानोस् भन्ने हो । तर उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । पार्टीका निर्णयहरु उल्लंघन गर्दै हुनुहुन्छ ।
गल्ती स्वीकार गर्नुहोस्, गल्ती प्रती आत्मालोचना गर्नुहोस्, अब गल्ती गर्दैन भनेर पार्टीप्रती प्रतिवद्वता जनाउनुहोस्, अनुशासित कार्यकर्ता भएर काममा फर्कनुस् भन्ने हो । तर पार्टीको निर्णय पनि नमान्ने, पार्टीको विरोधमा गतिविधि गरिराख्ने गरेमा पार्टी चुप लागेर बस्ने भन्ने हुँदैन । उनले भने, गल्तीलाई निरन्तरता दिँदै गए पार्टीले उचित निर्णय लिन्छ, तमासा हेरेर बस्दैन । रावलको सन्दर्भमा एमाले अब धेरै बेर कुरेर बस्दैन ।
पार्टीको मिसन ग्रासरुट अभियानका क्रममा अछाममा पौडेल सहभागी भएको साफेबगरको कार्यक्रममा रावलको विरोध भएपछि केहीबेर कार्यक्रम बिथोलिएको थियो । पाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै सत्ता गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन् । उनले एमालेलाई गठबन्धन भत्काउनु पर्छ भन्ने महसुस भयो भने एकाध सातामै भत्काउन सक्ने जिकिर गरे । तर, एमाले अहिले त्यो बाटोमा नरहेको उनको भनाइ थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply