पूर्व नासु घिमिरेविरुद्ध सवा दुई करोड भ्रष्टाचार मुद्दा
१९ चैत, काठमाडौँ । बजेटमा करको दर हेरफेर गरेको आरोप लागेका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (आइतबार) विशेष अदालतमा पूर्व नासु घिमिरेविरुद्ध दुई करोड १४ लाख ४६ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । उनले पदमा रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा राजश्व हिनामिना गरी राजश्व छलेको, गैरकानुनी काम गरी राजश्वका विभिन्न कार्यालयबाट करोडौं सम्पत्ति कमाएर श्रीमतीलगायत परिवारका सदस्यहरुको नाममा लुकाएको अभियोगसहित अख्तियारले मुद्दा चलाएको हो ।
उनले त्यो रकमले विभिन्न कम्पनीहरुमा लगानी, शेयर र जग्गा खरिद लगायतमा लगानी गरेर भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो । घिमिरेले २०५२ कात्तिक २८ देखि २०७९ पुस १२ गतेसम्म सार्वजनिक जिम्मेवारीमा रहँदाको पारिश्रमिक, श्रीमती शारदा गौतमको पारिश्रमिक, छोरीको पारिश्रमिक आय, कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल (घर भाडा), कम्पनी लाभांश वापत प्राप्त वैधानिक आय, श्रीमती शारदा गौतमले अभिकर्ता कमिसन वापत प्राप्त रकम, राजश्व अनुसन्धान विभागबाट प्राप्त पुरस्कार, शेयर बिक्री, नगद लाभांश आय (शेयर प्रतिफल) र अवकाश पश्चात प्राप्त आयसमेत गरी जम्मा ५ करोड २५ लाख १६ हजार ३२७ रुपैयाँ ४४ पैसाको वैधानिक आयस्रोत खुलेको अख्तियारले जनाएको छ ।
उनले जम्मा गरेको ७ करोड ३९ लाख ६२ हजार ९८४ रुपैयाँ ६७ पैसामध्ये २ करोड १४ लाख ४६ हजार ६५७ सय २४ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले भ्रष्टाचार मुद्दा चलाइएको अख्तियारले जनाएको छ । उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन¸२०१७ को दफा १५ एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन¸२०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ २४ पैसा विगो कायम गरी मुद्दा चलाइएको हो ।
उनले गैरकानुनी रुपमा आर्जन गरेको र श्रीमती शारदा गौतमको नाममा हाल कायम स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र अपुग विगोको हकमा स्रोत खुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, दफा १६ (ग), दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख. बमोजिम जफत गर्न पनि अख्तियारले माग गरेको छ ।
अख्तियारले घिमिरे र पत्नी गौतमलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावीसहित अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply