बारा–२ मा एमालेबाट पूर्वमन्त्री पौडेल उम्मेदवार
२० चैत, बारा । बारा–२ को उपनिर्वाचनका लागि नेकपा एमालेले आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुंग्याएको मधेश प्रदेशका सांसद तथा एमाले प्रदेश सह–इञ्चार्ज अच्युत मैनालीले जानकारी दिए ।
पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए । २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए । प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर– २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने भएको छ । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेवार बनाउने तयारी गरेको छ ।
यसअघि बारा–२ बाट एमालेको सहयोगमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । जसपा संसदीय दलको नेता बनेका उनलाई उपराष्ट्रपति बनाएर जसपा अध्यक्ष आफैं त्यही क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा छन् । बारा –२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । बारा– २ मा कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरूले पनि यादवलाई नै सघाउने निर्णय गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply