चितवन–२ मा एमालेका न्यौपानेको उम्मेदवारी दर्ता
चितवन । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा एमालेका रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपाने एमाले चितवन जिल्ला अध्यक्ष हुन् ।
न्यौपाने गत मंसिरमा सम्पन्न निर्वाचनमा चितवन–३ बाट एमाले उम्मेदवार बने पनि पार्टीले उनको उम्मेदवारी फिर्ता गराएको थियो । चितवन–३ मा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंसिर ४ मा चितवन–२ बाट निर्वाचित भएका थिए । उमेदवारी दर्ता गराएका रामप्रसाद न्यौपानेले आफूले कहिल्यै नराम्रो नगर्ने बताएका छन् ।
एमाले चितवन जिल्ला अध्यक्ष समेत रहेका न्यौपानेले सोमबार देशको विकास र समृद्धिको अभियानमा जनताको सेवामा आफूलाई समर्पित गर्ने बताएका छन् । ‘म एउटा वाचा गर्छु । तपाईंहरूको कसम, नेपाली जनताको कसम, म कहिल्यै नराम्रो गर्ने छैन । यो विकास र समृद्धिको अभियानमा नेपाली दाजुभाइ, दिदीबहिनीको सेवामा आफूलाई समर्पित गर्नेछु’ उनले भने ।
उनले चितवन–२ मा उपनिर्वाचन आफूहरूको चाहना नभएको बताएका छन् । ‘हामीलाई उपनिर्वाचनको चाहना थिएन । जनतालाई पनि चाहना थिएन । हामीले गराएर पनि यो उपनिर्वाचन भएको होइन । कसले गरायो, तपाईंहरूलाई थाहा छ’, न्यौपानेले भने । उनले आफ्नो जित सुनिश्चित रहेको पनि दावी गरेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply