मधेसमा विकासको लहर ल्याएकै एमालेले : अध्यक्ष ओली
२२ चैत, वीरगञ्ज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकारको नेतृत्व लिएका बेला तराई–मधेसमा विकासको लहर नै ल्याएको दावी गरेका छन् । आज (बुधबार) वीरगञ्जमा आयोजित अखिल नेपाल पिछडावर्ग (ओबिसि) महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो दाबी गरे ।
उनले एमाले नेतृत्व सरकारको साढे तीन वर्षकै कार्यकालमा तराई–मधेसमा बहुप्रतिक्षित हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग, हरेक पालिकामा स्वास्थ्य संस्थाको भवन जस्ता राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माण भएको जिकिर गरेका छन् ।
उनले एमालेलाई मधेस प्रदेशमा निषेध गर्ने नारा चलिरहकै बेला एमाले नेतृत्वको सरकारले मधेसका एक लाख २२ हजार हेक्टर जग्गा सिञ्चित गर्ने ‘सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ल्याएको पनि सुनाए ।
एमाले नेतृत्वकै सरकारले मधेसमा ‘जनता आवास’ कार्यक्रम ल्याएर हजारौँ गरिब दलितलाई पक्की घर बनाएर दिएको पनि जिकिर उनले गरे । उनले मधेसका वीरगन्ज, जनकपुरजस्ता ठूला सहरमा चार र ६ लेनको कालोपत्रे सडक पनि आफू प्रधानमन्त्री भएकै बेला निर्माण भएको पनि बताए ।
ओलीले भने, एमाले नेतृत्वको सरकार हुदाँ जनातामा यो देशमा सरकार छ भन्ने अनुभूति थियो । तर अहिले त जनताले सरकार नै नभएको अनुभूति गरिरहेका छन् । पूर्व प्रधानमन्त्री ओली राष्ट्रिय गान त्रुटिपूर्ण रहेकाले सच्याउन सरकारसँग आग्रह पनि गरे ।
उनले भने, ‘राष्ट्रिय गानमा रहेको सुरुको धुन हटाउनु पर्छ किनकि राष्ट्रय गान भनेको शब्दको धुनबाट सुरु हुनुपर्छ र शब्दकै धुनबाट अन्त्य हुनुपर्छ । तर हाम्रो राष्ट्रिय गानमा भने शब्द सुरु हुनुअगाडि धुन राखिएको छ । त्यो त्रुटिपूर्ण छ । त्यो धुन हटाएर सच्याउनु पर्छ । म सरकारसँग यो आग्रह गर्छु ।’
त्यस्तै चलचित्र भवन (सिनेमा घर) मा चलचित्र सुरु हुनुभन्दा पहिले राष्ट्रिय गान बजाइदा पर्दामा देखाइने राष्ट्रको तस्वीर संविधानको तस्बिर राख्न पनि ओलीले सरकारसँग आग्रह गरेका छन् । एमाले अध्यक्ष ओलीले पिछडावर्ग महासंघले अरु कुनै जाति वा समुदायको अधिकार खोस्नका लागि नभई आफनो अधिकार र पहिचानका लागि संघर्ष गरिरहेको बताए । उनले सामाजिक कुरीति , विकृति हटाउनका लागि सामाजिक आन्दोलन चलाउन ओबिसि महासंघलाई सुझाव दिए । त्यसका लागि ओबिसि महासंघलाइ एमालेले भरपुर साथ र सहयोग गर्ने उनले बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply