गठबन्धनका कारण देशको अर्थतन्त्र ध्वस्त भयो : ओली
२६ चैत, धादिङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका कारण ध्वस्त भएको देशको अर्थतन्त्र आफ्नो पार्टी मात्रै सुधार्न सक्ने दाबी गरेका छन् ।
एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्य रुपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संटकग्रस्थ बनेको उनले बताए । उनले अब एमालेको सरकार बनेपछि मात्रै अर्थतन्त्र सुधार हुने दाबी गरे । देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउँदै अध्यक्ष ओलीले रुविभ्याली जस्तो पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार आउने बताए ।
नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीबारेमा सुनेको स्मरण समेत गरे ।
पहिलो पटक रुविभ्यालीमा पाइला टेकेको भए पनि रुविभ्यालीमा आइने पत्थरहरुको विशेषताको बारेमा व्याख्या गर्दै रुविभ्यालीमा पाइने रुवि ढुंगा, सिलाजित लगायतका बहुमुल्य पत्थरहरु संकलन गरेर सुरक्षित राखिरहेको बताए । यस्ता बहुमूल्य पत्थरहरु र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने उनले बताए ।
धादिङबेँसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरउन्नती गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताए । रुविभ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङसाङपाससम्म सडक सञ्जाल पुर्याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने उनले बताए ।
नेपाल र चीनसँग जोड्ने सीमा पनि रुविभ्यालीमै पर्ने भएकोले यसले जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने नाकाको व्यवस्था मिलाउन पहल गर्ने उनले बताए । धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न आइतबार हेलिकोप्टरमार्फत त्यहाँ पुगेका ओलीले रुविभ्यालीको पर्यटकीय स्थलहरूको पनि अवलोकन गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply