२८ चैत्र २०७९, मंगलवार ०८:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अडियो प्रकरणबारे सांसद ढाकाकुमारसँग रास्वपाले बयान लिँदै

२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ । श्रेष्ठले दुई करोड घुस मागेको अडियो प्रकरणबारे बयान लिन पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो ४ बजे बोलाइएको अनुशासन आयोगका संयोजक भरतमणी देवकोटाले जानकारी दिए ।
आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको थियो । श्रेष्ठले सोमबार लिखित स्पष्टीकरण बुझाइसकेकाले आज भेटेर सोधपुछ गर्न लागिएको देवकोटाले बताए ।
उनीसँग छलफलपश्चात आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्ने अनुशासन आयोगका संयोजक देवकोटा बताए । श्रेष्ठलाई कारबाहि गर्ने / नगर्ने निर्णय भने केन्द्रीय समितिले गर्ने उनले बताए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply