जिल्ला नगर उपाध्यक्षमा वैद्य र वस्तुगत उपाध्यक्षमा ढकाल विजयी
३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । वैद्य रामचन्द्र संघाइ पक्षका र ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् ।
वैद्य ४३ मत पाउँदै विजयी भए । अन्य प्रत्यासी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका छन् ।
यसैगरी वस्तुगत उपाध्यक्षमा विजयी ढकाल ६१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएको निर्वाचन समितिले जनाएको छ । तीन उपाध्यक्षमध्य एशोसिएटतर्फको मतगणना जारी छ ।
वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।
महासंघको ५७ औं वार्षिक साधारण सभाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेका थिए । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply