आज नेपाल र ओमनबीच एक दिवसीय अभ्यास खेल हुँदै
२ वैशाख, काठमाडौं । नेपालले आज (शनिबार) ओमानसँग एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ । खेल शनिबार बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने भएको हो । खेल ५०–५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कप अघि अभ्यास खेल खेल्न लागेको हो । आफ्नो उत्कृष्ट प्लेइङ–११ निर्धारण गर्ने यो अन्तिम अवसर हो । बन्द प्रशक्षणमा रहेका २१ सदस्य टोलीबाट आवश्यकता अनुसार खेलाडी प्रयोग गर्नेछ ।
अभ्यास खेल हुँदा प्लेइङ ११ नभएर टोलीका जुनसुकै खेलाडीलाई खेलाउन सक्छ । यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्ने छन् । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्ने भएको छ ।
उता ओमान १४ सदस्य टोलीका साथ नेपाल आइपुगेको छ । आईसीसी विश्वकप लिग–२ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए । नेपालले पछिल्ला १२ मध्ये ११ खेल लिग–२ मा जितेको थियो । घरेलु मैदानमा लिग २ मा नेपालले पछिल्ला ८ खेल नै जितेको छ ।
एसीसी प्रिमियर कप यहि वैशाख ५ देखि १८ गतेसम्म टियु र मुलपानीको मैदानमा हुने भएको छ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । नेपालले तीन खेल टियुमा खेल्दा एक खेल मुलपानीमा खेल्ने भएको छ ।
नेपालले साउदी अरेवियासँग वैशाख ११ गते खेल्ने भएको छ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ । प्रतियोगिता विजेता टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउने छ । एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएको छ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply