राष्ट्रपति पौडेलको पेटमा ‘इन्फेक्सन’ एयर एम्बुलेन्सबाट आज भारत लैजाने तयारी

६ वैशाख,काठमाडौं । स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनलाई थप उपचारका लागि आज एयर एम्बुलेन्सबाट भारत लैजाने तयारी भईरहेको छ ।
भारतको नयाँ दिल्लीस्थित अल इण्डिय इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा लैजानेबारे मंगलबार नै परामर्श गरिएको थियो । पेटको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भएपनि बुधबार दिल्ली लैजान लागिएको हो ।
राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि पेटको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् । सोमबार मात्रै उनी फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका थिए ।
मंगलबार फेरि समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिएको थियो । उनको डा. निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply