राष्ट्रपति पौडेलको पेटमा ‘इन्फेक्सन’ एयर एम्बुलेन्सबाट आज भारत लैजाने तयारी
६ वैशाख,काठमाडौं । स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनलाई थप उपचारका लागि आज एयर एम्बुलेन्सबाट भारत लैजाने तयारी भईरहेको छ ।
भारतको नयाँ दिल्लीस्थित अल इण्डिय इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा लैजानेबारे मंगलबार नै परामर्श गरिएको थियो । पेटको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भएपनि बुधबार दिल्ली लैजान लागिएको हो ।
राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि पेटको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् । सोमबार मात्रै उनी फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका थिए ।
मंगलबार फेरि समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गरिएको थियो । उनको डा. निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply