कर्णालीका नव नियुक्त चार मन्त्रीले लिए शपथ
७ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका नव नियुक्त चार मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख तिलक परियारसमक्ष नव नियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
माओवादी केन्द्रका कृष्ण जिसी आन्तरिक मामिला तथा कानुनमन्त्री, भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री, एमालेबाट टेकराज पछाईले सामाजिक विकासमन्त्री र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको रुपमा शपथ लिएका हुन् ।
उनीहरुलाई आजै मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख परियारले नियुक्त गरेका हुन् । मुख्यमन्त्री शर्मा पुस २८ मा नियुक्त भएका थिए । सोही दिन माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र एमालेबाट दैलेखका विनोदकुमार शाहले बिना विभागीय मन्त्रीको शपथ लिएका थिए ।
शाह र शाहीले पनि बुधबार जिम्मेवारी पाएका छन् । एमालेका शाहलाई आर्थिक मामिला तथा योजना र शाहीलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको हो । शर्मा नेतृत्वको ७ सदस्यीय मन्त्रिपरिषद् महिला र दलित प्रतिनिधिविहीन बनेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply