भारतीय प्रधानमन्त्री मोदीलाई ज्यान मार्ने धम्की, केरलामा बढाइयो सुरक्षा सतर्कता
९ वैशाख,नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्यान मार्ने धम्की आएको छ । अप्रिल २४ मा प्रधानमन्त्री मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय जनता पार्टी भाजपा प्रदेश कार्यालयले मोदीको आसन्न भ्रमणलाई लिएर ज्यान मार्ने धम्की पत्र प्राप्त गरेसँगै केरेलामा उच्च सतर्कता अपनाइएको समाचार उल्लेख छ । प्रहरीले चिठ्ठीमा उल्लेख भएका व्यक्तिको पहिचान गरिसकेको छ । तर, उनले आफ्नो नाम विपक्षीहरूले फसाउन प्रयोग गरेको दाबी गर्दै उक्त कार्यमा आफ्नो कुनै पनि संलग्नता रहेको नरहेको बताएका छन् ।
मोदीको अप्रिल २४ मा कोची र २५ अप्रिलमा तिरुवनन्तपुरम राज्यको पहिलो वन्दे भारत एक्सप्रेस उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोही भ्रमणका क्रममा आत्मघाती बम हमला गरिने धम्की आएको हो । पत्रमा उल्लेख नामका व्यक्तिको प्रहरीले पहिचान गरिसकेको भए पनि उनले आफ्नो संलग्नता अस्वीकार गर्दै आफूलाई फसाउन प्रयोग गरिएको बयान दिएका छन् । पत्रपछि सुरक्षा सतर्कता बढाइएको छ र केन्द्रीय अनुसन्धान एजेन्सीहरुले थप अनुसन्धान गरिरहेका छन् ।
मोदीको भ्रमणका क्रममा तयार पारिएको सुरक्षा योजनासमेत सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । सुरक्षा योजनासहितको पत्र सार्वजनिक हुँदा सुरक्षामा असर गरेको हो । सोही ठाउँका नेतासमेत रहेका विदेशमन्त्री एम मुरलीधरले पत्र लिक भएकामा चिन्ता व्यक्त गरे । यसलाई प्रहरीका तर्फबाट गम्भीर त्रुटि भएको उनको टिप्पणी छ । तर भाजपाका राज्य प्रमुख के सुरेन्द्रले निर्धारित सबै कार्यक्रम हुने बताएका छन् । उनले प्रधानमन्त्री मोदीको कार्यक्रम विवरण दिँदै मोदीसहित भाजपाका शीर्ष नेता र्यालीमा सहभागी हुने र जनसभालाई सम्बोधन गर्ने बताएका थिए ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply