दूर्योधनको संगतले मुकुन्द नेउपानेले बाटो बिराउनु भएको थियो : अध्यक्ष ओली
९ वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दूर्योधनको संगतमा परेर बाटो बिराएकाहरू आफ्नो पार्टीमा फर्किएको टिप्पणी गरेका छन् ।
आज (शनिबार) नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा प्रवेश गरेका नेताहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी छाडेका नेता मुकुन्द नेउपानेले दूर्योधनको संगतमा परेर बाटो बिराएको पनि बताए । २७ सालदेखि मुकुन्द नेउपानसँग आफ्नो सम्बन्ध रहेको र यो ५३ वर्ष बढी भएको बताउँदै अध्यक्ष ओलीले भने, ‘गलतका संगतमा पर्यो भने कहिले काँही गलत बाटो हिँड्दिो रहेछ, उनले थपे, दूयोर्धनको संगतमा पर्यो भने भिष्म पिताम्बर जस्तो मान्छे पनि बेठिक बेठिक काम गर्न लाग्दो रहेछ ।
त्यस्तै बेठिक मान्छे दूर्योधनको संगतमा परेर बाटो बिराउनु भएको थियो । तर आज फेरि पार्टीमा आउनु भएको छ, ओलीले भने । नेपालमा भएका कम्युनिस्टहरु सबै आफ्नो पार्टीबाट गएको उनले दाबी गरेका छन् । न्यौपाने एकीकृत समाजवादीमा तेस्रो वरियताका नेता थिए । पार्टी परित्याग गर्दै उनले नेकपा एकीकृत समाजवादी पार्टीको सदस्य हुनुभन्दा देशको असल नागरिक भएर बस्ने उचित हुने निष्कर्ष निकालेको बताएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply