बलियो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यक देखियो : ईश्वर पोखरेल
१३ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजति कार्यक्रमलाई सम्बोधन गर्दै उनले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन् । उनले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरुबाट अभिप्रेरित भएर अघि बढ्नु पर्ने बताए ।
उनले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको बताए। राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको बताए । उनले वर्तमान गठबन्धन सिद्धान्तबिहीन,उद्देश्यबिहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको बताए ।
उनले भने, मनमोहन अधिकारीका विचार र कामहरुलाई अघि बढाउन जरुरी छ । आज हामी जुन अवस्था छौँ । एउटा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय शक्ति निर्माण गरिरहँदा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता छ । यो आवश्यक्ता परिपूर्ति गर्नको लागि मनमोहन अधिकारीका विचारबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने आवश्यक्ता छ। राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेका छन्, एउटाले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको, देश बनाउने, विकास गर्ने कामको नेतृत्व गर्छ, त्यो नेकपा एमाले हो। अर्को भनेको एउटा सिद्धान्तबिहीन, उद्देश्यबिहीन र लोकतन्त्र मूल्य मान्यताविपरित गठबन्धन खडा गरिएको छ । जुन गठबन्धन मुलुकलाई धराशायी बनाउने गलत दिशातर्फ लैजाने काम गरिरहेको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धनले मुलुकलाई धराशायी बनाइरहेको र देशलाई गलत दिशातर्फ लगिरहेको उल्लेख गरे ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply