१३ बैशाख २०८०, बुधबार ०६:५१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सञ्चार क्षेत्रलाई सेवामूलक उद्योग सरह मान्यता दिइनेछ : प्रधानमन्त्री
१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रलाई सेवामूलक उद्योगसरह मान्यता दिइने बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपद्वारा आज (बुधबार) आयोजित इकोनोमिक समिटलाई सम्बोधन गर्दै प्रचण्डले भूकम्प, कोरोना जस्ता विपत्ति र महामारीले समग्र अर्थतन्त्र नै समस्यामा परेको त्यसको असर सञ्चार क्षेत्रमा पनि परेको बताएका छन् ।
सञ्चार क्षेत्रको विकास र विस्तारका लागि सबै सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत वितरण गर्ने तयारी रहेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिए । यस्तै ज्येष्ठ नागरिक र अपांगता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिने आश्वासन प्रधानमन्त्रीले दिएका छन् ।
उनले थपे, एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल गरिरहेको छु । सरोकारवाला पक्षसँग समन्वय गरी यससम्बन्धी कानुन बनाउन पहल गरिरहेको छु ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply