नेपाल र यूएईको बाँकी खेल भोलि हुने
१८ वैशाख, काठमाडौँ । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल वर्षा वाधक बनेको छ । बर्षाका कारण अहिले खेल रोकिएको छ ।
कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १०६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो । यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाउँदा पनि खेल वर्षाका कारण रोकिएको थियो । त्यसपछि सुरु भएको खेल फेरि वर्षाका कारण रोकिएको हो ।
आज दिउँसो ३ बजेसम्म नै पानी पर्ने सम्भावना भएकाले आज खेल सुरु हुने सम्भावना कम छ । तर दिउँसो ३ बजेसम्म पानी रोकिएर २० ओभरसम्मको खेल सुरु हुन सक्ने स्थितिमा भने आजै खेल हुनेछ । आज खेल सुरु हुन नसकेमा भोलि मङ्गलवार ‘रिजर्भ डे’ मा यूएईले यही अवस्था (२७ ओभर ३ बल– १ सय ६ रन) बाट सुरु हुनेछ ।
भोलिको खेल पनि वर्षाले रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा विजेताको टुङ्गो लाग्नेछ । एकदिवसीय वरीयतामा नेपाल १४ औँ स्थानमा छ भने यूएई १९ औँ स्थानमा छ । यस्तो अवस्थामा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply