‘पीटीए र पीडिएमा एमाले चिन्तित’
मोदीसँग भेट्न आठ जना
काठमाडौं । आफूले ऊर्जा मन्त्रालय सम्हालेका बेला भारतसँग विद्युत् व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णाली आयोजनाको विद्युत् विकास सम्झौता (पीडीए) दुबै नभएपछि एमाले चिन्तित बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सम्झौता गर्ने गरी तयारी भए पनि अन्तिम बेलामा आएर रोकिनुलाई एमालेले गम्भीर रुपमा लिएको छ ।
स्रोतका अनुसार, आज अपरान्ह सवा १ बजे ह्यात होटलमा भारतीय प्रधानमन्त्री मोदीसँग हुने वार्तामा अध्यक्ष केपी ओलीले यस विषयमा छलफल गर्दै हुनुहुन्छ । राष्ट्रिय सहमति कायम गरेर भारतसँत ती दुबै सम्झौता गर्नुपर्ने पक्षमा एमाले रहे पनि आवश्यक पहल नभएका कारण हुन सकेन । स्रोतले भन्यो– ‘हामीले ऊर्जा मन्त्रालय सम्हालेका बेला यी काम भएनन् भनेर चिढ्याउने कोसिस हुन सक्छ भन्ने रुपमा हामीले बुझेका छौं ।’ सत्तँरुढ कांग्रेसले आवश्यक पहल नगरेको र विपक्षी एमाओवादी बाधा उत्पन्न गर्न खोजेको आभाष एमालेले गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले उदारतापूर्वक आफ्नो भ्रमण फलदायी बनाउन भूमिका खेले पनि नेपालका तर्फबाट उनलाई खाली हात पठाउन खोजिएको भन्दै कुटनीतिक वृत्तमा चर्चा भइरहेको बेला एमालेले आकस्मिक रुपमा बैठक आयोजना गरेर छलफल गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
सोमबार विहान आठ बजे पदाधिकारीहरुको बैठक आयोजना गरेर एमालेले यसमा गम्भीर छलफल गरेको थियो । उक्त बैठकमा पीटीए र पीडीएका प्राविधिक पक्षका बारेमा जानकारी गराउनका लागि एमालेका तर्फबाट राष्ट्रिय योजना आयोगका सदस्य रहेका ऊर्जाविज्ञ प्राडा गोविन्द नेपाल र कानुनी पक्षका बारेमा जानकारी गराउन बरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलालाई बोलाइएको थियो । बैठकमा पीटीए र पीडीएका लागि सहमति जुटाउन गठित तीन दलीय कार्यदलमा रहनुभएका उपाध्यक्ष भीम रावलले हालसम्म भएका प्रगति र परेका समस्याका बारेमा बैठकलाई जानकारी गराउनुभएको थियो ।
४५ दिनभित्र पीटीए र पीडीए गर्ने सहमति भइसहेको अवस्थामा भारतीय पक्षलाई त्यसमा आश्वस्त पार्नुपर्ने र त्यति अवधिभित्र राष्ट्रिय सहमति कायम गरी सम्झौता गर्नुपर्ने निष्कर्ष एमालेले निकालेको छ ।
मोदीसँग भेट्न आठ जना
यसैबीच, आज हुने भेटका लागि एमालेका तर्फबाट अध्यक्ष ओलीको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डल ह्यात होटल पुग्नेछ । आधा घन्टाका लागि तय गरिएको उक्त भेटमा एमालेका तर्फबाट उपाध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतम, उपाध्यक्षद्वय विद्या भण्डारी र भीम रावल, महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, केन्द्रीय सदस्य डा. राजन भट्टराई र प्रवासी नेपाल संघ (भारत) का महासचिव युवराज वाँस्कोटा (यज्ञ) छन् । ‘त्यस्तो टोली बनेछ’– महासचिव पोखरेलले भन्नुभयो– ‘मैले पनि भर्खर सुन्दैछु ।’
उक्त भेटमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने सहभागी हुनुहुने छैन ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply