एमालेले २०८४ को चुनाव लक्षित कार्यक्रम घोषणा गर्ने
२९ वैशाख, काठमाडौं । नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरि पार्टी परिचलानका कार्यक्रम घोषणा गर्ने भएको छ ।
बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त्यसबारे सुझाव माग्न ८ वटा समूह बनाएर छलफल भइरहेको बताए ।
८ समूहमा विभाजित गरेर आआफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती बार्षिक कार्ययोजनाका बारेमा राय, सल्लाह–सुझाव पेश गर्नको अहिले समय दिइएको छ, उनले भने।
आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शंकर पोखरेलले मार्गदर्शन पेश गरेको समेत रिजालले जानकारी दिए। ‘एमालेलाई पहिलो शक्तिमा रुपान्तरण गर्ने गरि २०८४ को चुनावलाई केन्द्रित गरेर पार्टी परिचालनमा हामी विशेष जोड दिने छौं, उनले भने।
हिजोदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । समूहगत छलफल सकिएपछि अहिले वार्षिक कार्ययोजनाबारे सुझाव लिने काम भइरहेको रिजालले बताए।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply