तीन दलका शीर्ष नेताबीच संसदीय समितिको नेतृत्वमा सहमति
३१ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसदीय सुनुवाई समितिको नेतृत्वमा सहमति जुटेको छ । आडज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले संसदीय सुनुवाई समितिको नेतृत्वमा सहमति जुटाएका हुन् ।
आइतबारको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी भएका थिए । एमालेबाट अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ र विष्णु पौडेल तथा नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।
बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले तीन दलले संसदीय सुनुवाई समितिको नेतृत्वको तय गरेको जानकारी दिएपनि विस्तृत विवरण खुलाउनु भएको छैन् । बैठकमा सहभागी माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले पनि संसदीय सुनुवाई समितिको नेतृत्व तय गरिएको र अन्य समितिका सभापतिहरुको नामको टुंगो आइतबार नै लाग्ने जानकारी दिए ।
यसअघि सभामुख देवराज घिमिरेले तीन दिनभित्र संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउन आग्रह गरेपनि दलहरुले सहमति जुटाउन सकेका थिएनन् । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिट्टो टुंगोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply