तीन दलका शीर्ष नेताबीच संसदीय समितिको नेतृत्वमा सहमति

३१ वैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसदीय सुनुवाई समितिको नेतृत्वमा सहमति जुटेको छ । आडज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले संसदीय सुनुवाई समितिको नेतृत्वमा सहमति जुटाएका हुन् ।
आइतबारको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी भएका थिए । एमालेबाट अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ र विष्णु पौडेल तथा नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।
बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले तीन दलले संसदीय सुनुवाई समितिको नेतृत्वको तय गरेको जानकारी दिएपनि विस्तृत विवरण खुलाउनु भएको छैन् । बैठकमा सहभागी माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले पनि संसदीय सुनुवाई समितिको नेतृत्व तय गरिएको र अन्य समितिका सभापतिहरुको नामको टुंगो आइतबार नै लाग्ने जानकारी दिए ।
यसअघि सभामुख देवराज घिमिरेले तीन दिनभित्र संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउन आग्रह गरेपनि दलहरुले सहमति जुटाउन सकेका थिएनन् । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकलाई छिट्टो टुंगोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply