गठबन्धनसँग उद्देश्य र गन्तव्य छैन, सत्ता स्वार्थ मात्र छ : ओली
३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताका लागि एमालेले गठबन्धन नगर्ने बताएका छन् । आज (बुधबार) एमालेले आयोजना गरेको मदन–आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता स्वार्थका निम्ति नभई देशका लागि मात्रै गठबन्धन गर्ने बताएका हुन् ।
‘हामी कसैसँग कहिल्यै मिल्दै, मिल्दैनौं भन्ने होइन । तर, सत्ताका निम्ति, सत्ता स्वार्थका निम्ति, सरकार गठनका लागि, मिल्ने कुरा हामीबाट हुँदैन । त्यहि सीमाभित्र मिल्ने कुरा हुँदै कसैसँग हाम्रो एकता हुन्छ भने देशका लागि, जननताका लागि, परिवर्तन, सुशासन र विकासका लागि मिल्न सक्छौं कसैसँग । तर सत्ता गठबन्धनजस्तो कुरा हामीबाट हुँदैन । पूर्व प्रधानमन्त्री ओलीले थपे, अहिलेको गठनबन्धन सत्ता गठबन्धन, सरकारी गठबन्धन, सत्ता प्राप्त गर्नका लागि गरिएको गठबन्धन हो ।
अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको उनको भनाई छ । ओलीले विकास निर्माण हुन नसक्नु, देश भद्रगोल हुनुमा राजनीतिक अस्थिरता र अराजकताबाट गुज्रिरहेको बताए । उनले भयावह अवस्था हुँदा पनि सरकार जान्छ कि टिक्छ भन्ने कुरामा प्रधानमन्त्री केन्द्रित हुन दुखद कुरा रहेको टिप्पणी गरे ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply