संसदमा गोकुल बाँस्कोटाको प्रश्न : एनप्रसाद गौतम र राजु भुजेल शहीद कि गद्दार ?
७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले आफ्नो जिल्ला काभ्रेका एनप्रसाद गौतम र राजु भुजेलबारे संसदबाट प्रश्न उठाएका छन् ।
आफ्नो गृह जिल्लाका पूर्व माओवादी नेता गौतम र भूजेल शहीद हो कि गद्धार हो ? भन्दै सांसद बास्कोटाले प्रश्न गरेका छन् ।
‘सरकारले झण्डै ६÷७ हजार मान्छेलाई शहीदको सूची निकाल्यो । मेरो जिल्लाका पूर्व माओवादी नेता एनप्रसाद गौतम शहीद हो कि गद्धार हो ? राजु भूजेल शहीद हो कि गद्धार हो ?, संसदको शून्य समयमा बोल्दै बास्कोटाले भने, ‘यसको जवाफ चाहियो । न राज्य जिम्मा लिन्छ न तत्कालीन विद्रोही । यो कसरी निकालियो यो प्रश्न छ ।
उनले पहिला विद्रोहीले धराप थाप्ने भएको भए पनि अहिले सरकारले धराप थापेको पनि बताए । ‘पहिला पहिला विद्रोहीले धराप थाप्थ्यो, अहिले सरकारले थाप्यो । २५१ जना मान्छेलाई घाइते बनायो धुलिखेलदेखि दिनहुँ । यसको प्रबन्ध गरोस्, या त काम गराओस्, बास्कोटाले भने ।
यस्तै सांसद बास्कोटाले काभ्रेको पाँचखालमा शनिबार साँझ ५६ वर्ष यताकै ठूलो पानी परेको भन्दै त्यसले किसानको बाली सखाप पारिदिएको जानकारी संसद्लाई गराएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा सांसद बास्कोटाले मुसलधारे वर्षाले किसानको उत्पादन सखाप पारिदिएको बताए । ‘५६ वर्षपछि पाँचखालमा शनिबार राति परेको असिना पानीले दशौं करोडको क्षति गरेको छ, किसानको बाली नष्ट भएको छ’, सांसद बास्कोटाले भने, ‘बाली बिमा गरियोस् । किसानलाई क्षतिपूर्ति दिइयोस् ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply