राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाइने गरिएको छ : ओली
८ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समय–समयमा नेपालमा राजनीतिक स्वार्थका लागि साम्प्रदायिक विद्वेष भड्काउन खोजिएको बताएका छन् । उनले नेपाल धार्मिक विद्वेष फैलाउनेहरूबाट जोगिनुपर्ने बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले आज (सोमबार) ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपालीहरुले अतिवादमा जानै नहुने बताए । उनले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका हुन् ।
नेपाल विविधताको देश हो । हाम्रो सामाजिक विविधता, सांस्कृतिक विविधताहरू पनि छन् । यसलाई हामीले, नेपालीहरू सबैले हाम्रो सम्पदा, सामूहिक सम्पत्ति हो भनेर ठान्न सक्नु पर्दछ । यो सम्पत्तिको हामीले त्यसै अनुसार सकारात्मक सदुपयोग गर्ने दृष्टिकोण लिनु पर्दछ । यसलाई परस्परमा विद्वेष, घृणा, अनेकता र फाटोको विषय बन्न दिनु हुँदैन । मैले देखेको छु–विश्व राजनीति कहिले कुन धर्म र कुन धर्म । कहिले एउटै धर्म भित्र पनि त्यो पक्ष र त्यो पक्ष भनेर विभिन्न खाले चल्ने गरेका छन्,उनले भने, धर्मका नाउमा ठूलाठूला लडाईहरु भएका छन । धर्मका नाउमा देश विनाश भएका छन । धर्मका नाउमा मानिसहरू मारिएका छन् । त्यसकारण हामीले अतिमा जानु हुँदैन । नकारात्मक सोचमा जानु हुँदैन ।
पूर्व प्रधानमन्त्री ओलीले नेपालीहरूबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सद्भाव बिथोल्ने प्रयास हुनसक्ने भन्दै सचेत हुन आग्रह समेत गरे । ‘हाम्रो देश विविधतायुक्त देश हो हरेक हिसाबले । यो सम्पदा, सामूहिक सम्पदा सामाजिक न्याय र समानतासहितको सदभावसहितको, पारस्पारिक सदभावसहितको राष्ट्रिय एकतामा जानु पर्दछ । कहिलेकहिले राजनीतिक स्वार्थहरूका लागि, अरु स्वार्थ होइन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ, गरिएको छ, उनले भने ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply