पशुपतिको जलहरीबारे ओली : मैले रकम दिने हो, सुन हो कि पित्तल ट्वाक ट्वाक पार्न जाने होइन
१२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको मर्यादाविपरीत आफूविरुद्ध आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादी सांसदले मर्यादाहीन आरोप लगाएको बताए ।
उनले जँड्याहाले पनि त्यस्तो कुरा नबोल्ने भन्दै आरोप पुष्टि गर्न चेतावनी दिए । आज संसद अरुवद्ध भयो । हुन पनि पर्छ । माओवादी सांसदले रोस्टममा बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो ? भनेर आरोप लगाउनु भयो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रस्टाचार ग¥यो भनेर बोल्यो । यस्तो बकवास आरोप । एउटा जँड्याहाले रक्सीको तालमा हिँड्दा पनि त्यस्तो कुरा बोल्दैन,’ उनले भने ।
उनले माओवादी सांसदको आरोप आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालको रहेको प्रष्ट पारे । ‘संसद जस्तो गरिमामय ठाउँमा त्यस्तो बकवास । दुई अर्ब औषधिको खायो रे । त्यसको पुष्टि हुन पर्यो त । पुष्टि हुने सम्भावना त छैन, उनले भने ।
उनले आफू जिन्दगीभरि भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको बताए । यस्ता आरोप लगाउनेहरू देशद्रोही भएको उनको भनाइ छ । ‘यो त इमानका शत्रुहरूले गर्ने कुरा हो । देशद्रोही तत्वहरूले यो देशमा कोही पनि इमान्दार छैन भनेर स्थापित गर्न खोजेको हो । देशप्रति वितृष्णा जगाउने यो देशद्रोही काम हो, उनले भने ।
उनले आफूले पशुपतिलाई रकम निकासा गरेको र सुन हो कि पित्तल भनेर हेर्न नगएको प्रस्ट्याए । ‘मैले त पशुपतिलाई रकम दिने हो । पशुपतिमा रकम दिएपछि सुन हो कि पित्तलको हो मैले ट्वाक–ट्वाक पार्न गएको थिएँ त्यहाँ ?, उनले प्रश्न गरे ।
अध्यक्ष ओलीले सेना बसेर ती चिजको निर्माण गरेको भन्दै माओवादी सांसदलाई अनुत्तरदायी मात्र होइन, गैरजिम्मेवारको हद भएको बताए । ‘यस्ता यस्ता मान्छे संसदमा पुगेका छन् नि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने। दुःखको कुरा हो, डेमोक्रेसीमा जस्तो समाज हुनपर्ने हो त्यस्तो छैन, उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply