विदेशी मुद्राकाे सञ्चिति १४ खर्ब ७० अर्ब, ९.७ महिनाको आयात धान्ने
२६ जेठ,काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामै विदेशी मुद्रा सञ्चिति करिब २१ प्रतिशत बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरण अनुसार २०७९ असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भइ २०८० वैशाख मसान्तसम्म १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ बराबर पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा १७.६ प्रतिशतले वृद्धि भइ हाल ११ अर्ब २१ करोड कायम भएको छ । रेमिट्यान्स रकममा उल्लेख्य वृद्धि हुँदा र मुलुकको आयात घट्दा सञ्चितिमा सकारात्मक प्रभाव देखिएको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब १० अर्ब ६६ करोड रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ५९ अर्ब ६८ करोड छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
Leave a Reply