शरणार्थी प्रकरणबारे प्रधानमन्त्री : बरु सरकार छाड्न परोस्, उन्मुक्ति दिन्नौँ
३१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्।
बुधबार बिहान माओवादी निकट प्रेस सेन्टरका इन्चार्ज महेश्वर दाहालको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको टोलीसँग उनले यस्तो बताएका हुन्। अहिले सत्ता टिकाउनकै लगि भ्रष्टाचारीलाई उन्मुक्ति दिने हो कि भन्ने शंका उत्पन्न भएकोमा बरु सरकार छाड्ने तर भ्रष्टाचारीलाई उन्मुक्ति नदिने उनले बताएका हुन्।
भ्रष्टाचार काण्डमा बरु सरकार छाडेर जनतामा जान उचित हुन्छ, बरु सरकार छाड्न परे परोस्, गलत सम्झौता गर्न हुँदैन भन्ने पक्षमा छौँ,’ प्रधानमन्त्रीले भने। भ्रष्टाचारविरुद्धको अभियान जारी रहने पनि उनले बताए।
उनले यतिबेला आफू संसद्मा ‘वन मेन आर्मी’ जस्तो हुनुपरेको बताए। ‘जतिबेलै वन मेन आर्मी जस्तो हुनुपरेको छ, अरुले सकेसम्म भाँड्ने प्रयास गरेको देखिन्छ, उनले भने, ओलीहरू देख्नुभयो नि! लोकतन्त्रको नम्स भ्यालुज सबलाई ध्वस्त पारेर, म मञ्चमा बोलिराखेको छु। हरेक कुराको जवाफ दिन्छु भनिराखेको छु। बोल्नै नदिने भनेर तलका मान्छेलाई बोल्न दिने कुरा भयो सभामुखबाट। हुँदै नहुने कुरो थियो नि!
आफूले बोलिसकेपछि प्रक्रियागत रूपमा विरोध र प्रतिवाद गर्ने कुरा हुने भए पनि बोल्दाबोल्दै आफूलाई अपमानित गरिएको पनि उनले बताए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply