बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति
१ असार, ताप्लेजुङ । ताप्लेजुङमा बुधबार बेलुकादेखिको वर्षासँग काबेली नदीमा आएको बाढीले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा क्षति पुर्याएको छ । बाढीले मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया समेत बगाएको स्थानीयले जानकारी दिएका छन् ।
बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुल भत्काएको सिदिङ्वा गाउँपालिका–१ सुरुमखिमका वडासदस्य राजकुमार इम्वुङले जानकारी दिएका छन् । गत जेठ महिनामा उद्घाटन गरिएको पुलको एकापट्टिको पिलरसहितको भाग भत्काएको हो । बाढीले सिरिजंघा गाउँपालिका–८ याम्फुदिनको जनजीवन पनि प्रभावित भएको छ ।
काबेली नदीमा आएको बाढीले स्थानीय जगतबहादुर राईको घर पुरेको छ भने कञ्चनजंघा माध्यमिक विद्यालय, याम्फुदिन प्रहरी चौकी कञ्चनजंघा संरक्षण क्षेत्र, स्वास्थ्य चौकीको भवन जोखिममा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य सचिव मनकुमार राईले जानकारी दिए । विद्यालय र प्रहरी चौकीको नजिकै खोलाले कटान गरिरहेकाले बिहान स्थानीयले विद्यालयको सामान सुरक्षित ठाउँमा सारेका छन् । बाढीले दिलबहादुर मगरको एउटा गाई, एउटा भैंसी र सुँगुर समेत बगाएको छ ।
तारामान गुरुङ, अशोक गुरुङ, मणिकुमार राई, तार्सदिप गुरुङ, रामकुमार राई, सोमबहादुर राईका घर जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन् । काबेली हाइड्रो पावरको गोदाम बगाउँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । मेसिन, गोदाम र क्रसर समेत बगाएको छ । खेवाङतर्फ आउने झोलुङ्गे पुल पनि आधा ढलेकाले मानिसको आवतजावतमा समेत समस्या हुन थालेको छ । यो पुल पनि बगे याम्फुदिनका मानिस बस्ती बाहिरका अन्य क्षेत्रमा जानबाट बञ्चित हुने छन् ।
सिदिङ्वा–१ सुरुमखिमका विद्यालय आइतबारसम्मका लागि बन्द गरिएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले जानकारी दिए । उनका अनुसार आज (शुक्रबार) बिहान पनि वर्षा भइरहेको छ र बालबालिका विद्यालय जान सक्ने अवस्था छैन । सदरमुकाम फुङलिङबाट यात्रु लिन गएका दर्जनौं सवारी साधन गाउँमै रोकिएका छन् । वर्षा रोकिएर सडक नबनाएसम्म फर्काउने उपाय नभएको उनले जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply