आजदेखि साफ च्याम्पियन सुरु
६ असार, काठमाडौं । साफ च्याम्पियनसिप खेल आजबाट भारतको बैंलोरमा सुरु हुँदै छ । उद्घाटन खेलमा नेपालले कुवेतको सामना गर्ने छ ।
आमन्त्रित २ देशसहित जम्मा ८ देशले साफ च्याम्पियनसिपको लागि प्रतिसप्रधा गर्ने छ । जसमा नेपाल ‘ए’ समुहमा रहेको छ । यसपटक साफमा दुई आमन्त्रित टोलीको आगमनले पनि प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्ने पक्का छ । नेपालको समुहमा भारत, कुवेत र पाकिस्तान बलियो टोली हो ।
नेपालको कमजोर तयारीका कारणले समुह चरणको खेल सहज देखिँदैन । अर्को समुह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स समूह छन् । नेपाल र कुवेतको फुटबल इतिहास नेपालको पक्षमा रहेको देखिँदैन । सन् २०१९ यता पाँच खेल भएका छन् नेपाल र कुवेतबीच ।
सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेले पनि बाँकी ४ खेलमा नेपालमाथी कुवेत हाबी भएको देखिन्छ । गत वर्ष एसियन कपको छनोटमा कुवेतमा पनि कुवेतले नेपालमाथि ४(१ सानदार जित निकालेको थियो । आज हुने खेलमा पनि नेपालको कमजोर तयारी भएको कारण कुवेतलाई हराउन सजिलो हुनेछैन ।
नेपालले अहिलेसम्म माल्दिभ्समा सम्पन्न पछिल्लो संस्करणको फाइनलमा पहिलो पटक फाइनल यात्रा तय गरेको थियो । नेपालले साफ खेल्नको लागि मात्र १० दिन तयार गरेको छ । तीन महिनाअघि नेपाल आइपुगेका इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टी अनेसेले भने नेपाल कठिन परिस्थितीको समना गर्न तयार रहेको बताएका छन् ।
नेपाली टोलीमा गोलरक्षक, किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ,विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थाप, पुजन उपरकोटी, एरिक विष्ट, नविन लामा, मणीकुमार लामा, लाकेन लिम्बु, आवास लामिछाने, आयुष घलान , नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनीष डाँगी, आशीष चौधरी , विमल घर्ती मगर लगायत रहेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply