वायुसेवा निगममा कर्मचारी भर्ना गर्नु भनेको आमाको रगत चुस्नु जस्तै होः योगेश भट्टराई
८ असार,काठमाडौं। पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन् ।
आर्थिक भारले थला पर्न लागेको निमगमा अहिलेका सरकार र मन्त्रीले कर्मचारी भर्ना गरिरहेको आरोप लगाउँदै उनले निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन् ।
भट्टराईले नेपाल वायु सेवा निगमको संरचनागत सुधार नगर्ने हो भने हिमाल सिमेन्टको जस्तो अवस्था पुग्ने चेतावनी दिए ।डुबिसकेको निगमलाई हिमाल सिमेन्टको अवस्थामा पुग्न नदिन सर्वसाधारणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लाग्नु पर्ने बताए ।
‘हिमाल सिमेन्ट बन्द भयो तर, त्यहाँका कर्मचारीहरु फाटेका चप्पल लगाएर तलब माग्न अहिले पनि हिँडिरहनु भएको छ,’ उनले भने, निगमलाई बचाउन संरचनागत स्वरुप परिवर्तन गरेनौं भने त्यस्तै हुन्छ । सर्वसाधारणले समेत शेयर पाउने हिसावले पब्लिक कम्पनीमा लग्नुपर्छ ।
भट्टराईले विमान उडानबाट पैसा नआउने र ग्राउण्ड ह्यान्डलबाट आएको पैसा मात्र कर्मचारीको तलब स्रोत रहेको बताए । ‘चारवटा प्लेन राखेर ३ हजार जना कर्मचारी किन चाहियो ? निजी कम्पनीसँग १६ वटा प्लेन छन् तर कर्मचारी ११ सय मात्रै । उनले भने ।
आफू मन्त्री हुँदा एकजना पनि कर्मचारी भर्ना नभएको स्मरण गर्दै त्यसबाट यता निगम कर्मचारी भर्तीकेन्द्र बनेको आरोप लाएका छन्। ‘म मन्त्री हुँदा एक जना कर्मचारी भर्ना भएन । केही कर्मचारी कटौती भए तर, त्यस पछि सयौं कर्मचारी भर्ना भएका छन्, उनले भने, ‘निगमलाई सोमालियाकी आमा जस्तै बनाउने ? जुन आमाको दुध आउँदैन तर लाम्टा चुसिरहने ? निगमलाई यसरी चुस्नु आमाको रगत चुसे जस्तै हो ।’
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply