आज नेपालको दिन वर्षकै लामो र अत्यधिक गर्मीमय
२१ असार, काठमाडौं । आज पृथ्वी सूर्यबाट सबैभन्दा सबैभन्दा टाढा हुने हुँदा दिन अत्यधिक लामो र गर्ममीय हुने खगोलविद्ले बताएका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समिति कीर्तिपुरले उक्त जानकारी दिएको हो।
पृथ्वीको सूर्यको वरीपरी घुम्ने परिभ्रमण पथ अण्डाकार छ। जसले गर्दा पृथ्वी वर्षमा एक पटक सूर्यको सबभन्दा टाढा पुग्ने गर्दछ। पृथ्वी र सूर्यको सालाखाला दूरी १५ करोड किलोमिटर रहेको छ र पृथ्वीको अण्डाकार पथले गर्दा दूरी परिवर्तन भइरहन्छ। परिणाम स्वरूप पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति अलि कम हुन जान्छ।
जबकि सबभन्दा नजिक पुग्दा गति छिटो हुन्छ। परिणाम स्वरूप यस समयमा दक्षिण ध्रुव भन्दा उत्तरी ध्रुवको दिन केही लामो हुन जान्छ।
पृथ्वी सूर्यको सबभन्दा टाढाको विन्दु र सबभन्दा नजिकको विन्दुमा पुग्दा केही लाख किलोमिटरको फरक परेता पनि यसले तापक्रममा त्यति परिवर्तन नल्याउने समितिका कार्यकारी निर्देशक सनतकुमार शर्मा बताउँछन्।
तर अनौठो कुरा के छ भने पृथ्वी सूर्य बाट सबभन्दा टाढाको विन्दुमा पुगेको समयमा (असार-साउन) सबभन्दा बढी गर्मी हुन्छ। यसको मुख्य कारण पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनु हो। जसले गर्दा पृथ्वीमा ऋतुहरू परिर्वतन हुने गर्दछन्। अर्थात असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहेता पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबभन्दा बढी गर्मी अनुभूति हुन्छ।
उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्तिहरू बसोबास गर्दछन् भने केवल १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्दछन्।
यही समयमा दक्षिणी ध्रुवमा (जस्तै अष्ट्रेलिया, न्यूजिल्याण्ड आदि) सूर्यबाट टाढा झुकेको हुनाले दिन छोटो, रात लामो र चिसो हुन जान्छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply