एमालेको अवरोधले राष्ट्रियसभाको बैठक आज पनि स्थगन
२४ असार,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । बैठक प्रारम्भ हुने बित्तिकै एमाले सांसदले उठेर विरोध जनाएका थिए । एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसदमा अवरोध कायमै रहने बताइन् । एमालेले सोही विषयलाई लिएर चार दिनदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर सदन अवरोध गरेर मात्रै समाधान नहुने भन्दै उनले आफ्नो विचार राखेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे । संसद अवरोध भएका सम्बन्धमा शीर्ष नेताहरु छलफल र संवादमा लाग्नु हुने विश्वास व्यक्त गर्दै उनले सदनलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गरे ।
‘माननीय सदस्यहरु, म फेरि यहाँहरुलाई बस्न आग्रह गर्दछु । संवादबाट नै निष्कर्षमा पुग्नुपर्ने हुन्छ, उनले भने, हामीले आफ्ना विषयलाई उठाउने र सँगसँगै संसद्को नियमित कारबाहीलाई पनि अगाडि बढाउँदा नै ठिक ठाउँमा पुग्न सक्छौँ, त्यसले राष्ट्रियसभाको गरिमा पनि बढाउँछ । यस कारण माननीयज्यूलाई आसनग्रहण गरेर बैठक सञ्चालन गर्न दिन आग्रह गर्दछु ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपक्षी, गृह र रक्षा मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलको कार्यसूची थियो ।
यस्तै राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपति कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २५ गते सोमबार बिहान ११ः०१ बजे बस्नेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply