मर्निङ वाकमा निस्केका महिलाको सिक्री लुट्ने गिरोहका ५ जना समातिए
२४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा मर्निङ वाकमा निस्किने महिलाहरुको सिक्री लुट्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।
मोटरसाइकल प्रयोग गरेर काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र टोखा नगरपालिका क्षेत्रमा महिलाहरुको सिक्री लुट्ने गिरोहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्न सफल भएको हो।
श्रृंखलाबद्धरुपमा सुनको सिक्री लुटपाट गर्ने गिरोहका सदस्यहरुलाई महाशाखाले आइतबार पत्रकारहरुमाझ सार्वजनिक गरेको छ।
महाशाखाले केही समयदेखि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा मोटरसाइकलको प्रयोग विशेषत: मर्निङ वाकमा हिँडिरहेका महिलाहरु लुटिएको गुनासो आएपछि अनुसन्धान थालेको थियो।
घाँटीमा लगाएको सुनका सिक्रीहरु लुटपाट हुने गरेको घटनाको अनुसन्धानका क्रममा महाशाखाले रामेछापको लिखु गाउपालिका वडा नं. १ घर भइ हाल हाल काठमाडौंको हाँडीगाउँ बस्ने रविन दमाईसहित ५ जनालाई पक्राउ गरेको हो।
उनीहरुलाई प्रहरी टोलीले एकै दिन अर्थात यही शुक्रबार बूढानीलकण्ठसहित विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारवाहीका आइतबार नै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
को को पक्राउ परे?
यो प्रकरणमा विभिन्न पाँचजना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने पहिलो व्यक्ति काठमाडौंको हाँडीगाउँमा बस्दै आएका रामेछापको लिखु गाउँपालिका-१ दुरागाउँका ३२ वर्षीय रबिन दमाई थिए।
त्यसैगरी अर्का व्यक्ति थिए सुनसरीको धरान उपमहानगरपालिका-८ घर भई हाल काठमाडौंको चाबहिल बस्दै आएका २६ वर्षीय उमेश क्षत्री।
त्यसैगरी काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका-७ घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३० वर्षीय राहुल माझीलाई पनि प्रहरीले लुटापटको अभियोगमा पक्राउ गरेको छ।
पक्राउ परेका अर्का व्यक्ति छन् धनकुटाको लेगुवा गाउँपालिका-७ घर भई हाल काठमाडौं महामनगरपालिका-९, रामन्दिर बस्ने ३० वर्षीय राहुल माझी।
यो लुटपाटमा पक्राउ पर्ने अर्का व्यक्ति हुन् भारतको पश्चिम बंगाल, पश्चिम मेदनीपुर जिल्ला, दासपुर थाना जयरामचोक घर भएर हाल काठमाडौंको न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती पनि छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply