मनाङ एयरको हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु, एक जना बेपत्ता
२६ असार, काठमाडौं । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा दुर्घटना भएको पुष्टि भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनास्थलमा प्रहरीका असई रिजन बस्नेत नेतृत्वको टिम पुगेको छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको डिआइजी बास्तोलाले बताए । सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । शव जलेको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा सवार एक जनाको अवस्था अज्ञात छ ।
प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए । मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । अहिले दुर्घटनास्थलमा काठमाडौंबाट गएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अवतरण गरेको छ । हेलिकप्टरमा उद्धारकर्मीहरू सवार छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply