हेलिकोप्टर दुर्घटनाका मृत्तक ६ जनाकै शव शिक्षण अस्पतालमा
२६ असार, । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर आज ज्यान गुमाएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार साँझ शवहरु काठमाडौं ल्याइएको हो ।
मंगलबार बिहान १० बजेर ५ मिनेटमा सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ढल् ब्ःख् कलसाइन रहेको हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । सो हेलिकोप्टर १० बजेर १३ मिनेटमा लुक्ला टावरमा अन्तिम पटक सम्पर्क भएको र त्उसपछि सम्पर्कमा आउन सकेको थिएन ।
पछि लिखुपिके गाउँपालिका–५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टरबारे स्थानीयले खबर गरेका थिए । दुर्घटनामा परेको सो हेलिकोप्टरमा एक नेपाली पाइलट र पाँच मेक्सिकन यात्रु थिए । उनीहरु सबैको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा पाइलट चेतबहादुर गुरुङ छन् । त्यस्तै मेक्सिन यात्रुहरुमा सीफुन्टस जी फरान्डो, गोन्जालेज अर्बिक, गोन्जालेज ओलासियो लुज, सिफुन्टस जी मारिया जोस र रिनकोन स्माइल छन् । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
दासढुङ्गा स्मृति दिवस: एमालेद्वारा वृक्षारोपणदेखि रक्तदानसम्मका कार्यक्रम
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
Leave a Reply