सीता दाहालकाे निधनपछि निर्धारित राजनीतिक कार्यक्रम स्थगित
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएपछि आज राजनीतिक गतिविधि ठप्प भएका छन् । बुधबार बिहान ८ बजे ६९ वर्षीया दाहालकाे निधन भएपछि निर्धारित राजनीतिक कार्यक्रम स्थगित भएका छन् । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको बुझिएको छ ।
सीताको निधनपछि आज चार बजे बस्ने भनिएको समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ । अर्को बैठकको मिति पनि तय नभएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । दाहालको निधनमा कांग्रेसले पनि केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गतेदेखि बस्ने कांग्रेस सचिव प्रदीप पराजुलीले बताए ।
चैत १७ मा मन्त्री बनेकाहरुले आज आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि स्थगित गरेका छन् । यस्तै संसदका विषयगत समिति अन्तर्गत अर्थ र उद्योग बाणिज्य तथा उपभोगक्ता हित समितिको बैठक पनि स्थगित गरिएको छ ।
अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्न कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उद्घाटन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम अर्को मिति नतोकेसम्मका लागि स्थगित भएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply