सीता दाहालकाे निधनपछि निर्धारित राजनीतिक कार्यक्रम स्थगित

२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएपछि आज राजनीतिक गतिविधि ठप्प भएका छन् । बुधबार बिहान ८ बजे ६९ वर्षीया दाहालकाे निधन भएपछि निर्धारित राजनीतिक कार्यक्रम स्थगित भएका छन् । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको बुझिएको छ ।
सीताको निधनपछि आज चार बजे बस्ने भनिएको समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ । अर्को बैठकको मिति पनि तय नभएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । दाहालको निधनमा कांग्रेसले पनि केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गतेदेखि बस्ने कांग्रेस सचिव प्रदीप पराजुलीले बताए ।
चैत १७ मा मन्त्री बनेकाहरुले आज आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम पनि स्थगित गरेका छन् । यस्तै संसदका विषयगत समिति अन्तर्गत अर्थ र उद्योग बाणिज्य तथा उपभोगक्ता हित समितिको बैठक पनि स्थगित गरिएको छ ।
अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई समेट्न कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उद्घाटन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रम अर्को मिति नतोकेसम्मका लागि स्थगित भएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply