कोशीका मुख्यमन्त्री थापाको शपथ आज
१७ साउन,मोरङ । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजे शपथको समय तोकिएको जनाइएको छ ।
थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए । सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि गठबन्धन दलभित्रको माओवादी केन्द्रको सांसद संख्या १३ पुग्दा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्याएर थापाले दाबी पेश गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनी कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । थापाले पहिलो चरणमा गठबन्धन दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एकजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
गठबन्धनमा नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सिट रहेको छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले भने अघिल्लो पटक उद्धव थापाकै नेतृत्वको सरकारमा पठाइएका कमलप्रसाद जवेगुलाई यस पटक पनि सरकारमा पठाउने तयारी रहेको जानकारी दिए । कांग्रेस र माओवादी केन्द्रले मन्त्रीको नाममा छलफल गरिरहेको जनाइएको छ । गठबन्धनमा रहेको जनता समाजवादीले भने अहिले नै सरकारमा नजाने रणनीतिमा रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply