कोशीका मुख्यमन्त्री थापाले लिए शपथ, तीन मन्त्री नियुक्त
१७ साउन, मोरङ । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदको शपथ लिएका छन् । आज (बुधबार) प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । थापाले २७ दिनमा दोस्रो पटक मुख्यमन्त्रीको शपथ लिएका हुन् । गएको असार २१ मा मुख्यमन्त्री बनेका थापा साउन ११ गते सर्वोच्च अदालतको फैसलाबाट बर्खास्त भएका थिए ।
२६ दिनमै दोस्रो पटक मुख्यमन्त्रीमा पुगेका उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन लिएका छन् । थापालाई मुख्यमन्त्री बनाउन प्रदेशसभा सभामुख बाबुराम गौतमले मंगलबार राजीनामा दिएर बहुमत अर्थात ४७ संख्या पु¥याउन भूमिका खेले ।
सभामुख गौतमले राजीनामा दिएपछि बहुमत जुटाएका थापाले बुधबार पहिलो चरणमा तीन जनालाई मन्त्री बनाएका छन् । थापाले शपथ लिएलगत्तै तीन जनाले मन्त्रीको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रका गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवार मन्त्री बनेका छन् । मन्त्रीहरुले पनि प्रदेश प्रमुख खापुङसामु पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सभामुख छाडेका गौतमले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकार बनाउन योगदान दिएका गौतम मुख्यमन्त्री थापापछिको वरीयता पाउँदै आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । यस मन्त्रालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्यको पनि दाबी थियो ।
तर उनले अन्तिम समयमा आफू अहिले मन्त्री नबन्ने बताएपछि गौतमलाई राहत मिलेको छ । यता एकीकृत समाजवादीका जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाउँदा सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय सम्हालेका छन् । जबेगु र सुनुवार दुवैलाई थापाले असार २१ गते पनि मन्त्री बनाएका थिए । तर, मुख्यमन्त्री थापा नै अदालतबाट बर्खास्तीमा परेपछि उनीहरु पनि २२ दिनमै स्वतः पदमुक्त भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply