संसदीय समितिमा भागबन्डा : कांग्रेस ४, एमाले ३, माओवादी २, जसपमा १
२२ साउन, काठमाडौं । दलहरुले लामो समयपछि संसदीय समितिमा भागबन्डा मिलाएका छन्।
निर्वाचनको करिब ८ महिनापछि दलहरुले संसदीय समितिमा भागबन्डा मिलाउँदै बाँडफाँट गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बसेको संसदीय दलको बैठकमा समितिमा भागबन्डा मिलेको जानकारी दिएका हुन्।
दाहालका अनुसार संसदीय समिति सबैभन्दा धेरै ४ वटा कांग्रेसलाई परेको छ। त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ३, सत्तारुढ नेकपा माओवादी केन्द्रलाई २ र जनता समाजवादी पार्टीका लागि १ वटा छुट्याइएको छ।
दलहरुले बाँकी रहेका २ वटामा एकीकृत समाजवादी र जनतम पार्टीलाई दिने गरी भागबन्डा मिलाएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने दलहरुले एउटा पनि समिति नदिने गरी सहमति गरेका छन्।
बैठकमा प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपालाई कुनै समिति दिन नसकिने अवस्था आएको जानकारी गराएका थिए। संसद्मा रास्पवाका २१ र राप्रपााका १४ सांसद छन्। जनमत पार्टीका ६ सांसद छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply