संसदमा आज पनि एमालेको अवरोध, वैठक शुक्रबारसम्म स्थगित
२४ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक आज (बुधबार) पनि स्थगित भएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा पनि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न माग गर्दै अवरोध गरेको हो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक साउन २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
बैठकको सुरुमै एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले सांसद सूर्य थापालाई बोल्न समय दिएका थिए । सांसद थापाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गरे । उनले उच्चस्तरीय छानबिन समिति बनाउने सत्तापक्षले मनसाय नदेखाएकाले संसदमा अवरोध कायमै रहने जानकारी गराएका थिए । त्यसपछि एमाले सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
एमालेका सांसदहरूले सुशासन कायम गर’, भ्रष्ट र तस्करहरूलाई कारबाही गर, ‘उच्चस्तरीय छानबिन गठन गर’ लगायतका नारा लगाएका थिए । एमालेले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आएको छ । एमालेकै अवरोधका कारण दुई सातायता प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply