ओली ‘छिट्टै’ दिल्ली जाँदै
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली छिमेकी मुलुक भारततर्फ जान लाग्नुभएको छ । दुई साताअघि सिंगापुरमा स्वास्थ्य परीक्षण गरेर फर्किनुभएका ओली स्वास्थ्य परीक्षणकै लागि त्यता जान लागेको बताइएको छ ।
‘हो, छिट्टै दिल्ली जाँदै हुनुहुन्छ’– ओलीका स्वकीय सचिव रमेश आचार्यले भने– ‘तर कुन दिन जाने भन्ने तय भएको छैन ।’ उनका अनुसार, नियमित स्वास्थ्य परीक्षणका क्रममा ओली जान लाग्नुभएको हो । सात वर्षअघि अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएका ओलीको म्याक्स अस्पतालमा ‘फलो अप’ परीक्षण हुने गरेको छ । पछिल्लो समयमा हातमा देखा परेको फङ्गलले उहाँलाई दु:ख दिइरहेको छ ।
सात बुँदे समहति अनुसार राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन गर्नुका साटो कांग्रेसले ‘सरकार छोडे हुन्छ’ भन्दै एमालेलाई अपमानित गर्न थालेको बेला हुन लागेको ओलीको दिल्ली यात्राबाट कांग्रेस वृत्तमा हल्लाखल्ला मच्चिएको छ । एकातिर प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्यका कारण दैनिक कामकाज गर्न सकिरहनुभएका छैन भने अर्कातिर सहयात्री दलसँगको सहमति कार्यान्वयन नगरेर कांग्रेसले एमालेका लागि बाटो खुल्ला गरिदिएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ ।
प्रधानमन्त्री कोइरालाको स्वाभाविक विकल्पमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीलाई हेरिएको छ । तर, कांग्रेसभित्रैबाट शेरबहादुर देउवाले समेत भित्रभित्रै प्रयास तीब्र पारेको स्रोतको दावी छ । त्यसका लागि उहाँले भारतसँग राम्रो सम्बन्ध रहेका भनेर मानिने कृष्णप्रसाद सिटौला, शेखर कोइराला, अर्जुननरसिंह केसी, विमलेन्द्र निधिलगायतलाई परिचालन गरिरहेको स्रोतको बुझाइ छ ।
One response to “ओली ‘छिट्टै’ दिल्ली जाँदै”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
नियमित स्वास्थ्य परीक्षणका क्रममा नेकपा (एमाले) का अध्यक्ष केपी ओली छिमेकी मुलुक भारततर्फ जान लाग्नुभएको छ तर कुन दिन जाने भन्ने तय भएको भने छैन ।सात बुँदे समहति अनुसार राष्ट्रपति र उपराष्ट्रपति अनुमोदन गर्नुका साटो कांग्रेसले ‘सरकार छोडे हुन्छ’ भन्दै एमालेलाई अपमानित गर्न थालेको बेला हुन लागेको ओलीको दिल्ली यात्राबाट कांग्रेस वृत्तमा भने हल्लाखल्ला भने मच्चिएको छ ।