सरकारले पाकिस्तानी शैलीको राजनीति शुरु गर्यो, याे यहिं अन्त्य हुँदैन : अध्यक्ष ओली
२७ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति सुरु गरेको बताएका छन् । आज (शनिबार) गुरु लुँइटेल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले तर्साउन खोजेको बताए ।
‘यो सामान्य कुरा देखिन्छ तर सामान्य होइन । यो अलि पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति उहाँले सुुरु गर्नु भएको छ । यो राजनीति यहीँ अन्त्य हुँदैन ।’ अध्यक्ष ओलीले भने, ‘धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु ।
उनले लोकतन्त्र विरोधी र आन्दोलनमा कहीँकतै देखा नपरेका तत्वहरूले अहिलेको सरकार चलाइरहेको आरोप समेत लगाए । खासगरी सत्तामा लोकतन्त्रविरोधी तत्वहरूको बोलवाला छ, आन्दोलनमा कतै देखा नपरेका तत्वहरूले शासन चलाइरहेका छन्, ओलीले भने ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारले केही बोलेकै भरमा युवा हुने बेलाको मुद्दा बूढेसकाल हुँदा झिकेको जिकिर गरे । ‘कोही बोल्यो भने कुनै नामको एउटा मुद्दा युवा हुँदा परेको मुद्दा बूढो हुँदा निकालेको छ । मान्छे बूढो हुन थालिसक्यो युवा हुँदा पढेको आइएस्सीको सर्टिफिकेटको मामला निकालेर, त्यो छानबिन गरे हुन्थ्यो हतकडी लगाएर,’ ओलीले थपे, ‘एउटा सांसद भागेर जान्छ कि, सुनिल शर्मा भनेको मेडिकल कलेज चलाएर बसेको मान्छे, भागिहाल्दैन होला । कुनै गृहमन्त्रीको नाम सुन्दा भागिहाल्दैन होला । पहिला हतकडी लगाएर खोरमा थुनेर अनि छानबिन गर्ने ?
दोषी छ भने थुन्ने कि दोषी नभए पनि थुन्ने । यो देशको शासनमा बस्ने केही मान्छेहरुको कुनै योगदान छैन,’ ओलीले भने, ‘अनि अहिले आएर लोकतन्त्रको पक्षमा बोल्न खोज्नेहरुलाई अहिले आएर लोकतन्त्रको पक्षमा आवाज चलाउनेलाई डण्डा चलाउने ? त्रासको एउटा वातावरण बनाउन खोज्ने ?
उनले कांग्रेस सांसद सुनिल शर्मा पक्राउ पर्नु देख्नलाई सामान्य भ एपनि सामान्य विषय नभएको बताएका छन् । यो सामान्य कुरा देखिन्छ तर सामान्य होइन । यो अलि पाकिस्तानी प्रतिशोधको राजनीति उहाँले सुुरु गर्नुभएको छ । यो राजनीति यहीँ अन्त्य हुँदैन, ओलीले भने, ‘यो सुरु भयो । यसको अन्त्य हुँदैन । धेरै नहौसिन, अधिनायकवादी नहुन म सरकारलाई सम्झाउन चाहन्छु । अध्यक्ष ओलीले कांग्रेसले आत्मबल गुमाई सकेको भन्दै देशको नेतृत्व गर्न सक्छु भन्ने आँट नै उसमा नरहेको टिप्पणी गरे । अध्यक्ष ओलीले ८९ सीटको कांग्रेसलाई ३२ सीटको माओवादीले फनफनी आफ्नो पछि घुमाइरहेको बताएका छन् ।
अध्यक्ष ओलीले भने, ‘कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर भनेर उहिले २०१५ सालको संसदमा केदारमान व्यथितले प्रश्न गर्नुभएको थियो । यही प्रश्न म आज कांग्रेसका साथीहरूलाई गर्न चाहन्छु । उहाँहरूले कसको पछाडि आफूलाई लाउनु भएको हो ? के का पछि उहाँहरू लाग्नु भएको हो ? अचम्म लाग्छ, पछाडि पुच्छर चुप लागेर बसेको छ, अगाडि कांग्रेस डोलायमान छ । तन डोले मन डोल जस्तो गीत गाएर बसेको छ । तपाईहरूलाई यसै गरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि लाग्ने मन लागिञ्जेल लाग्नुस् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply