सुन तस्करीमा सरकारकै उच्च नेतृत्व संलग्न छ : एमाले
२८ साउन,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको भन्दै यहि सरकार रहे मुलुक असफल राष्ट्र बन्ने दाबी गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा विशेष पत्रकार सम्मेलन आयोजना गरेका छन् । केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको वक्तव्य वाचन गर्दै भ्रष्टाचार र तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाए ।
एमालेले सय किलो सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग फेरि दोहो¥याएको छ । एमालेले समिति गठन नभएसम्म दबाबमूलक कार्यक्रम गर्ने पार्टीको नीति रहेको बताएको छ । सरकार विपक्षीप्रति प्रतिशोध साँध्ने बाटोमा क्रियाशील रहेको एमालेको आरोप छ ।
‘यो माग पूरा नहुँदासम्म निरन्तर दबाबका कार्यक्रम गर्ने पार्टीको स्पष्ट नीति रहेको छ । सरकारको संरक्षणमा तस्करीका धन्दाहरू मौलाउन थालेका छन् । सरकारले विपक्षीहरूप्रति प्रतिशोध साँध्ने र अपराधहरूलाई ढाकछोप गर्ने बाटोमा उद्धत छ,’ एमालेले भनेको छ ।
एमालेले आफ्नो विज्ञप्तिमा वर्तमान सरकार भ्रष्टाचार र तस्करीको पक्षमा रहेकाले आगामी दिनमा यस सरकारले मुलुकलाई झनै जोखिमतिर धकेल्ने उल्लेख गरेको छ । ‘एमालेले सुन प्रकरण र चर्चामा रहेका सबै भ्रष्टाचार, अनियमितता र घोटालाहरूको निष्पक्ष छानबिन हुनुपर्छ । तस्करी र राज्यको साधन स्रोतको दोहन गर्ने अपराधीहरूलाई कानुनको कठघरामा उभ्याउनु पर्छ भन्नेमा स्पष्ट छौं । यसका लागि निरन्तर प्रयत्नशील छौं । वर्तमान सरकार राष्ट्रियहितको रक्षा गर्न पूर्णतः असफल भएको छ । सरकार टिकाउन जस्तो सुकै शक्तिसँग जस्तोसुकै सम्झौता गर्न तयार हुने सरकारले आगामी दिनमा मुलुकलाई झनै जोखिमतिर धकेल्ने टड्कारो छ,’ एमालेले भनेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply