‘ब्रेक–सु’ मा तस्करी गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम
२९ साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलबाट बाहिरिएपछि सिनामंगलबाट बरामद सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक सु’ बाट बरामद सुन आज जोख्दा ६० किलो ७८९ ग्राम रहेको पाइएको हो । बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७८९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जानकारी दिएको छ ।
आज (सोमबार) राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन तौलिएको थियो । सुनको परिमाणको औपचारिक विवरण सार्वजनिक गरिएको छैन । हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सार समेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । १६० वटा ब्रेक सु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६० किलो ७७९ ग्राम पाइएको छ ।
सुरुमा दुई जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित ३ कर्मचारी‚ ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ । यही प्रकरणमा पक्राउ परेका २ चिनियाँ र भारतीय राहदानीबाहक अर्का एक जनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply