बढ्यो श्रमिकहरूको न्यूनतम पारिश्रमिक, अब घण्टाको ९५ रुपैंयाँ
१ भदौ,काठमाडौँ । श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउन १ गतेदेखि नै लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको बिहीबार राजपत्र प्रकाशित गर्दै जानकारी गराएको छ ।
श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्याइएको हो । आंशिक समय मात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन् । वृद्धि गरिएको पारिश्रमिकमा चिया बगान बाहेकका श्रमिकको मासिक आधारभूत १० हजार ८२०, महँगी भत्ता ६ हजार ४८० गरी १७ हजार ३०० पुर्याइएको छ ।
यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ मात्रै थियो । चिया बगानका श्रमिकको मासिकरूपमा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । दैनिक पारिश्रमिक ५०० रुपैयाँ पुगेको छ । अब चिया बगामा काम गर्नेहरूले प्रतिघण्टा न्यूनतम ६६ रुपैयाँ पाउने छन् । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके र चौकीदारको दैनिक भत्ता ६३ रुपैयाँ पुगेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply