३ भाद्र २०८०, आईतवार ०६:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सदन खुलाउन सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
३ भदौ, काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।
आज (आइतबार) बिहान ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु हुने जनाइएको छ । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । एमालेको अवरोधका कारण संसदका दुवै सदनको बैठक चल्न सकेको छैन । सभामुखले सदन खुलाउन यसअघि पनि प्रयास गर्दै आए पनि सफल भएका छैनन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply