३ भाद्र २०८०, आईतवार ०६:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सदन खुलाउन सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
३ भदौ, काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।
आज (आइतबार) बिहान ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु हुने जनाइएको छ । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ ।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । एमालेको अवरोधका कारण संसदका दुवै सदनको बैठक चल्न सकेको छैन । सभामुखले सदन खुलाउन यसअघि पनि प्रयास गर्दै आए पनि सफल भएका छैनन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply